१७ सय जनाको परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण
शिक्षाखबर डेस्क
२ कार्तिक २०७९, बुधबार
no immg

२ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार सात सय ८३ जनाको नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ५० जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएन । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय २८ जनामा झरेको छ ।

प्रतिक्रिया