देशभर २० जनामा कोरोना संक्रमण
शिक्षाखबर डेस्क
१३ कार्तिक २०७९, आईतवार
no immg

१३ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ८४ जनाको नमूना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै याे समयमा थप एक सय ३४ जना निको भएका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमितको सख्या ५ सय ५२ जनामा झरेको छ ।

प्रतिक्रिया