विद्युतको लापरवाही, करेन्ट लागेर भैँसी मरे
शिक्षाखबर डेस्क
२८ कार्तिक २०७९, सोमबार
no immg

२८ कार्तिक, तनहुँ। जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो । नेपाल बिद्युत प्राधिकरण सिसाघाटको लापरबाहीका कारण आहाले लाखुरी भन्ने ठाउँमा बिद्युतको तार लत्रिएको अवस्थामा चर्दैगरेका भैँसीलाई करेन्ट लागेको स्थानीय किसान थापाले जानकारी दिए । उनले भने, “करिब रु ६० हजार मूल्य पर्ने भैँसी करेन्ट लागेर गुमाउनु परेको छ ।”

घट्ना पश्चात तत्काल सिसाघाट विद्युत् प्रविधिकरणमा जानकारी गराएपछि समितिले नियम अनुसार रु चालिस हजार क्षतिपूर्ति दिने सहमति भएको स्थानीय विष्णुबहादुर अधिकारीले बताए । स्थानीयवासी, उपभोक्ताले पटक–पटक जानकारी दिँदा पनि बेवास्ता गर्दै आएका कारण उक्त दुर्घटना हुन गएको उनले बताए ।

प्रतिक्रिया