• मुख्यखबर

    देशभर १४ जनामा कोरोना संक्रमण, २० जना संक्रमणमुक्त

    शिक्षाखबर संवाददाता

    २९ कार्तिक २०७९, मंगलवार

    २९ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ३३० जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै याे समयमा थप २० जना निको भएका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या ४ सय ९१ रहेको छ ।