२४ घण्टामा ९ जनामा कोरोना संक्रमण
शिक्षाखबर डेस्क
३० कार्तिक २०७९, बुधबार
no immg

३० कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ६२० जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै याे समयमा थप २४ जना निको भएका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या ४ सय ७५ रहेको छ ।

प्रतिक्रिया