• मुख्यखबर

    देशभर ८ जनामा कोरोना संक्रमण

    शिक्षाखबर संवाददाता

    २ मंसिर २०७९, शुक्रबार

    २ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ७७८ जनाको नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै याे समयमा थप १७ जना निको भएका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या ४ सय ४४ रहेको छ ।