• मुख्यखबर

    देशभर १ जनामा कोरोना संक्रमण

    शिक्षाखबर संवाददाता

    १३ मंसिर २०७९, मंगलवार

    १३ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४३७ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै याे समयमा थप ३५ जना निको भएका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या २ सय १ रहेको छ ।