धेरै विद्यार्थी बिरामी हुन थालेपछि इलामको करफोक विद्यामन्दिर बिदा
शिक्षाखबर डेस्क
१६ मंसिर २०७९, शुक्रबार
no immg

१६ मंसिर, इलाम। इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोक विद्यामन्दिर माध्यमिक विद्यालयका अधिकांश छात्रा बिरामी परेपछि विद्यालय बिदा गरिएको छ । कक्षा ८ देखि १२ सम्मका बहुसङ्ख्यक छात्रामा विगत चार दिनदेखि अनौठा लक्षण देखापरेपछि एक सूचना जारी गर्दै शुक्रबार विद्यालय बिदा गरिएको हो ।

प्रधानाध्यापक गणेशप्रसाद आचार्यका अनुसार विद्यार्थीमा छिटो स्वासप्रश्वास हुने, असहज व्यवहार देखाउने, बेहोस हुन खोज्ने, खुट्टा बाउँडिने र शरीरमा पीडा हुनेजस्ता समस्या आएपछि बाध्य भएर विद्यालय बिदा गर्नुपरेको हो ।

“विशेषगरी महिनावारी भएका छात्रामा यो समस्या देखिएको छ”, उनले भने । लगातार समस्या भएपछि विद्यालयले सूर्योदय नगरपालिका बालबालिका शाखालाई खबर गर्यो । शाखाले दुई सदस्यीय परामर्शदाता पठायो । बिहीबार दिउँसो कक्षा ११ का विद्यार्थीलाई परामर्श दिइरहँदा एकैपटक तीन विद्यार्थी बिरामी परे ।

प्रतिक्रिया