देशभर ६ जनामा कोरोना संक्रमण
शिक्षाखबर डेस्क
१६ मंसिर २०७९, शुक्रबार
no immg

१६ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८९८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै याे समयमा थप २३ जना निको भएका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या १ सय ३९ रहेको छ ।

प्रतिक्रिया