• मुख्यखबर

    देशभर १ जनामा मात्रै कोरोना संक्रमण

    शिक्षाखबर संवाददाता

    १८ पुष २०७९, सोमबार

    १८ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९६० जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै याे समयमा थप ८ जना निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या २२ रहेको छ ।