देशभर ५ जना कोरोना संक्रमित थपिए
शिक्षाखबर डेस्क
२५ पुष २०७९, सोमबार
no immg

२५ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १९५१ जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै याे समयमा थप २ जना निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या २४ रहेको छ ।

प्रतिक्रिया