• मुख्यखबर

    देशभर ४ जनामा कोरोना संक्रमण

    शिक्षाखबर संवाददाता

    २८ पुष २०७९, बिहीबार

    २८ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २०२३ जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै याे समयमा थप २ जना निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या २३ रहेको छ ।