माघ १४, काठमाडाैँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका प्रकाशित भएको छ। परीक्षा बोर्डले शनिबार एसईई २०७९ को परीक्षा तालिका प्रकाशन गरेको हो।
गत माग ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको तालिका सहितको सुचनामा जानकारी दिइएको छ।
बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने सुचनामा उल्लेख छ भने चैत १७ गतेदेखि चैत २९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ।