८५० जनाको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि
शिक्षाखबर डेस्क
१९ माघ २०७९, बिहीबार
no immg

१९ माघ, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८५० जनाको नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै याे समयमा थप ५ जना निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या १८ रहेको छ ।

प्रतिक्रिया