मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
शिक्षाखबर डेस्क
२३ माघ २०७९, सोमबार
no immg

२३ माघ, काठमाडाैँ। काठमाडौँको मीन भवन क्याम्पसमा नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई पक्षबीच विवाद भएको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति घोषणा गरेसँगै कांग्रेसनिकट नेविसङ्घबीच विवाद बढेको हो । नेविसङ्घभित्र संस्थापन इतर पक्षका विद्यार्थीबीच बैठक बसिरहेको बेलामा संस्थापन पक्षका विद्यार्थीले बैठक विथोल्न खोजेपछि दुई पक्षबीच विवाद बढेको हो ।

विवाद बढेर दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । “ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न एकाइबाट प्रहरी टोली खटाएका छौँ”, उनले भने ।

पछिल्लो समय नेविसङ्घभित्र दुई समूहबीच विवाद बढ्दा जिल्ला र क्याम्पसमा समानान्तर समिति गठन हुन थालेका छन् ।

प्रतिक्रिया