आगलागीमा परेर १ हजार ८ सय कुखुराका चल्ला नष्ट
शिक्षाखबर डेस्क
२ फाल्गुन २०७९, मंगलवार
no immg

२ फागुन, भक्तपुर। कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको छ ।

आज भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति चोकमा स्थानीय ध्रुव दाहालको जग्गा भाडा लिई काठमाडौँ कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी हुँदा कुखुराको चल्ला र फार्मसहित रु नौ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए । जुद्ध वारुणयन्त्र भक्तपुरको दुईवटा दमकल र नेपाल प्रहरीको ३० जनाको टोलीले फार्मको आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्रतिक्रिया