ओमिक्रोनको सबभेरियन्टविरुद्ध प्रभावकारी मानिएको ‘बाइभ्यालेन्ट’ नेपाल खोप भित्रियो
शिक्षाखबर डेस्क
२ फाल्गुन २०७९, मंगलवार
no immg

२ फागुन, काठमाडाैँ। फाइजरको नयाँ खोप ‘बाइभ्यालेन्ट’को तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताएका हुन् ।

उनले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिए । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ । ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र सोहीअनुसार आज तीन लाख ४५ हजार मात्रा खोप भित्र्याइएको हो ।

प्रतिक्रिया