संस्कृत विश्वविद्यालयमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञान पठन पाठन हुने
शिक्षाखबर डेस्क
३ फाल्गुन २०७९, बुधबार
no immg

३ फागुन, दाङ। नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुनेभएको छ । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीका अनुसार नेपालमै पहिलो पटक प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुन लागेको हो । यसका लागि बेलझुण्डीमा रु ४३ करोडको शिक्षण भवन निर्माण गर्ने तयारी छ ।

यसका लागि लागत अनुमान समेत तयारी भइसकेको उनले बताए ।“नेपालमै पहिलो पटक विश्वविद्यालयमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठान सुरु हुँदैछ”,उनले भने“यसका लागि रु ४३ करोडको भवन बनाउने गरी लागत अनुमान भएको छ ।” प्राज्ञिक र आयुर्वेदमा स्नातक (विएएमएस)का विद्यार्थीका लागि २०० शय्याको एकीकृत शिक्षण अस्पताल सञ्चालनको तयारी समेत रहेको छ ।

प्रदेश र सङ्घको सहकार्यमा उक्त अस्पताल सञ्चालनमा ल्याइने भएको हो । त्यसका लागि प्रदेश र सङ्घले पछिल्ला दुई आर्थिक वर्षमा रु १८ करोड बजेटसमेत उपलब्ध गराएको छ । त्यसका लागि वातावरणीय प्रभावको मूल्याङ्कन(इआईए) पनि सम्पन्न भइसकेको छ । अस्पतालको लागत रु ६८ करोड अनुमान गरिएको छ । बेलझुलागत । बेलझुण्डी शिक्षण अस्पतालको उत्तर तर्फ ६ बिघा जग्गामा अस्पताल निर्माण हुनेछ ।

प्रतिक्रिया