• मुख्यखबर

    देशभर ३ जनामा कोरोना संक्रमण, एक जना संक्रमणमुक्त

    शिक्षाखबर संवाददाता

    ३ फाल्गुन २०७९, बुधबार

    ३ फागुन, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर ३ जना कोरोनाका संक्रमित थपिएका छन् ।

    एक हजार २२४ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एक जना संक्रमणमुक्त भएका छन्।

    देशभर अहिले ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।