अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित
शिक्षाखबर डेस्क
५ फाल्गुन २०७९, शुक्रबार
no immg

५ फागुन, काठमाडाैँ। नेकपा एमाले निकट बिद्यार्थी संगठनअनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन्।

यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।

मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छन् । यद्यपी, यसको औपचारिक घोषणा भएको छैन ।

प्रतिक्रिया