‘विद्यार्थीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने’
शिक्षाखबर डेस्क
६ फाल्गुन २०७९, शनिबार
no immg

६ फागुन, काठमाडाैँ। वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा पढेका राम्रा विद्यार्थीका लागि सरकारले नेपालमैै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् ।

अक्सिडेन्टल पब्लिक स्कुलको २९औँ अभिभावक दिवसका अवसरमा उनले विद्यार्थीले राम्रोसँग नेपालमा पढ्ने र रोजगारी पनि नेपालमै सिर्जना गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए ।

“अभिभावकले धेरै मेहनत गरेर आफ्नो छोराछोरीलाई पढाउँछन्, रोजगारीका लागि ती छोराछोरी विदेश जान्छन्”, उनले भने, “नेपाली विद्यार्थीलाई सरकारले नेपालमा रोजगारीको सिर्जना गर्ने विषयमा ध्यान दिनुपर्छ ।” कलाकार श्रेष्ठले आफूहरूले पढ्दा अहिलेजस्तो अत्याधुनिक सूचना प्रविधिको विकास भइनसकेको र शिक्षकले बढी पिट्ने प्रचलन हुँदा धेरै विद्यार्थीले विद्यालय छाड्ने गरेको स्मरणसमेत गरे ।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर पौडेलले विद्यालयको समग्र शैक्षिक उन्नतिका विषयमा जानकारी गराउनुभएको थियो । सो अवसरमा विद्यार्थीले गीत, नृत्य, कराते, नाटक आदि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया