वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल नियुक्त
शिक्षाखबर डेस्क
६ फाल्गुन २०७९, शनिबार
no immg

६ फागुन, काठमाडाैँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई उक्त जिम्मेवारी दिएका हुन् ।

डा पौडेल अर्थोपेडिक सर्जन हुन् । उनी दशौं तहका हुन् । वीरमा डा पौडेलले जिम्मेवारी पाएपछि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा रहेका डा भुपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ ।

प्रतिक्रिया