पूर्वमन्त्री श्रेष्ठको निधन
शिक्षाखबर डेस्क
८ फाल्गुन २०७९, सोमबार
no immg

८ फागुन, काठमाडाैँ। पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका संक्रमणबाट पीडित श्रेष्ठको सोमबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको छोरा डा. जया श्रेष्ठले जानकारी दिए ।

उनी मानवअधिकार क्षेत्रका अगुवासमेत थिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

२०४६ सालमा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री भएका थिए । श्रेष्ठका ६ छोरा र १ छोरी छन् ।

उनको मंगलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

प्रतिक्रिया