जनकपुरधामको शिक्षा, स्वास्थ्यको अवस्थाप्रति पूर्वराष्ट्रपति यादव चिन्तित
शिक्षाखबर डेस्क
१२ फाल्गुन २०७९, शुक्रबार
no immg

१२ फागुन, जनकपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जनकपुरधामको पर्यावरण, शिक्षा र स्वास्थ्य अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरेका छन्। जनकपुरधाममा आजदेखि सुरु भएको तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’को उद्घाटन गर्दै उनले यसप्रति ध्यान दिन सरोकारवाला सबैमा आग्रह गरे।

पूर्वराष्ट्रपति यादवले जनकपुरधामका शैक्षिक संस्थाहरुको गुणस्तर विगतमा अन्यत्रभन्दा राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरे। “अवस्थामा सुधार ल्याउन सबै मिलेर अगाडि बढ्नुपर्छ”, उनले भने, “यहाँको संस्कृति र सभ्यता निर्माणमा सबैको महत्वपूर्ण योगदानको आवश्यकता छ ।”

पूर्वराष्ट्रपति यादवले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्रकै लागि समर्पित गरेको उल्लेख गरे। उनले भने, “युवा पुस्ता लोकतन्त्र बचाउन सक्रिय हुनुपर्छ ।” पूर्वराष्ट्रपति यादवले लोकतन्त्र आठ दशकको उपलब्धि रहेकाले यसलाई सबैले चनाखो भएर बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रिया