विद्यालय जाँदै गरेकी बालिकाको भीरबाट लडेर मृत्यु
शिक्षाखबर डेस्क
१७ फाल्गुन २०७९, बुधबार
no immg

१७ फागुन, बागलुङ। बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भीरबाट लडेर मृत्यु भएको छ। बरेङ गाउँपालिका-१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो।

मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए।

उनी साथीसँग घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेकी थिइन्। शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ।

प्रतिक्रिया