त्रिवि स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी
शिक्षाखबर डेस्क
६ चैत्र २०७९, सोमबार
no immg

६ चैत, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका स्वतन्त्र विद्यार्थी युनियन (स्‍ववियु) सभापति उम्मेदवार श्यामराज ओझा विजयी भएका छन्।

आज भएको स्ववियु निर्वाचनमा केन्द्रीय क्याम्पसमा ९६२ मतसहित नेविसंघका ओझा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टले ६३१ मत पाएका छन् ।

प्रतिक्रिया