बैतडीको नवप्रभात संयुक्त क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानल विजयी
शिक्षाखबर डेस्क
६ चैत्र २०७९, सोमबार
no immg

६ चैत, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुको टीम विजयी भएको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी भएकी छन् । उनले अखिल क्रान्तिकारीकी कविता चन्दलाई ११ मतले पराजित गर्दै विजयी भएकि हुन् ।

घटालले ७१ मत ल्याइन् भने चन्दले ६० मत ल्याइन्। सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए । अनेरास्ववियु एक्लै चुनाव लडेको थियो ।

प्रतिक्रिया