पिकेको स्ववियु सभापतिमा नेविसंघकी ज्योती पनेरु निर्वाचित
शिक्षाखबर डेस्क
६ चैत्र २०७९, सोमबार
no immg

६ चैत, काठमाडौं । पद्यकन्या क्याम्पस (पिके)को स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)की ज्योती पनेरु निर्वाचित भएकी छिन् ।

पनेरुले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।सचिवमा भुपेश्वरी ऐर र कोषाध्यक्ष पनि श्रेया मैनाली विजयी भएकी छन् ।

उनीहरु पनि नेविसंघबाटै निर्वाचित भएका हुन् ।

सचिवमा एमाले निकट अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भइन् । पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो ।*

प्रतिक्रिया