जीपीमा विशेषज्ञ चिकित्सकसहितको श्वासप्रश्वास सेवा सुरु
शिक्षाखबर डेस्क
८ चैत्र २०७९, बुधबार
no immg

८ चैत, तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला उपचार केन्द्रले मगङ्लबारदेखि श्वासप्रश्वासका विशेषज्ञ चिकित्सकसहित सेवा सुरु गरेको छ ।

तेह्रौँ गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङबाट उपचार गरी उक्त सेवा सञ्चालनमा ल्याइएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म नागरिकलाई सेवा प्रदान गरिने केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए ।

अहिले सुरुमा श्वासप्रश्वास जाँच गर्ने स्पाइरोमिटर रहेको र आवश्यक उपकरण जडान गर्दै जाने योजना रहेको उनले बताए । “यसअघि सामान्यरूपमा उपचार गर्दै आए पनि आजदेखि उद्देश्यअनुरूपको कार्यको थालनी गरेका छौँ”, उनले भने, “अब श्वासप्रश्वाससम्बन्धीका बिरामीले पोखरा, चितवन र काठमाडौँ धाउनुपर्दैन ।”

हाल उक्त केन्द्रमा १० विशेषज्ञ र १० मेडिकल अधिकृत गरी २० जनासहित एक सय चिकित्सकले सेवा प्रदान गर्दै आएका छन् । एनेस्थेसिया, हाडजोर्नी, सर्जन, स्त्रीरोगलगायतका विशेषज्ञ चिकित्सक उक्त केन्द्रमा रहेका छन् । दश शय्या आइसियुसहित ५० शय्या क्षमताको अस्पतालमा दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

जीपी कोइराला उपचार केन्द्रको स्वामित्वमा सात सय ४० रोपनी क्षेत्रफल जग्गा रहेको बताइएको छ ।

प्रतिक्रिया