गोठमा आगलागी हुँदा २० बाख्रा जले
शिक्षाखबर डेस्क
११ चैत्र २०७९, शनिबार
no immg

११ चैत, सिन्धुली । घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार आगलागीबाट मानबहादुरका गोठमा रहेका १० बाख्रा, पाँच खसी र पाँच वटा पाठापाठी गरी जम्मा २० वटा जलेर मरेका छन् ।

गएराति ११ बजेको समयमा गोठमा आगलागी भएको र आगलागीबाट रु दुई लाख ५० हजार बराबरको क्षति भएको उनले जानकारी दिए ।

मानबहादुर लो आगोको राँको बाली गोठमा गएको र घर फर्कने क्रममा राँकोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया