काठमाडाैं – नेविसंघभित्रको विवाद चर्किँदै गएको छ । असन्तुष्ट पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालयबाट नेविसंघको समानान्तर समिति घोषणा गर्न गरेको तयारी संस्थापन पक्षले प्रहरी लगाएर बिथोले पनि विवाद साम्य भएको छैन ।
र योगदान गरेकालाई पाखा लगाएर तदर्थ समिति घोषणा गरिएको भन्दै असन्तुष्ट समूहले बुधबार समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको थियो । तर, यसको जानकारी पाएको संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यालय प्रवेशमै रोक लगायो । बुधबार सयौँको संख्यामा विद्यार्थी नेता सानेपा पुगेका थिए । २ बजे भेलाको कार्यक्रम राखिएपछि प्रहरीले उनीहरूलाई पार्टी कार्यालय प्रवेश गर्न दिएनन् । सानेपामा कार्यसमिति घोषणाको पक्ष र विपक्षमा रहेका समूह आमनेसामने बनेका थिए । केही समय तनावको अवस्था सिर्जना भएको थियो । यससँगै घोषणा कार्यक्रम बिथोलिएको हो ।
विद्यार्थी नेता विनोद शाही ठकुरीले समानान्तर कमिटी घोषणाको तयारी पूरा भए पनि पार्टी कार्यालयमा प्रवेशमा रोक लगाएकाले समिति घोषणा हुन नसकेको बताए । उनले पत्रकार सम्मेलन गरेर छिट्टै समिति घोषणा गरिने बताए ।