त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष भट्टराईद्धारा पद बहाली
शिक्षाखबर डेस्क
३१ श्रावण २०८०, बुधबार
no immg

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा डा घनश्याम भट्टराईले आज पदबहाली गरेका छन्।
वर्षदेखि रिक्त सो पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहालले डा भट्टराईलाई मङ्गलबार नियुक्त गरेका थिए। आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ गते सकिएपछि उक्त पद रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम आलपत्र हुँदै आएका छन्।

प्रतिक्रिया