सांकेतिक भाषाको दिवस मनाइयो
शिक्षाखबर डेस्क
६ आश्विन २०८०, शनिबार
no immg

काठमाडौँ / सांकेतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस तथा बहिरा सप्ताह २०८० का अवसरमा बहिरा नागरिकहरुको पहिचान र अधिकारका लागि जनचेतनामूलक र्‍याली निकालिएको छ । यही अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालले शनिबार ‘सांकेतिक भाषाहरुको दिवस २०८०’ मनाएको हो । ‘संसार जहाँ बहिरा नागरिकहरुले जहिले पनि संकेत गर्न सक्छन्’, भन्ने मूल नाराका साथ शनिबार दिवस मनाइएको हो । भृकुटिमण्डपदेखि सुरु भएको र्‍याली रत्नपार्क परिक्रमा गरी भृकुटिमण्डपमै आएर कोणसभामा टुंगिएको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आर्चायले र्‍यालीको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया