गुपचुपमै बिद्यालय कर्मचारी नियुक्ति
शिक्षाखबर डेस्क
६ पुष २०८०, शुक्रबार
no immg

इलाम / देउमाई नगरपालिका–१ चमैतामा रहेको डम्बर देवी माध्यमिक विद्यालयमा कर्मचारी आवस्यकताको खुला बिज्ञापन सुचना बिनै गुपचुपमै कर्मचारी नियुक्त गरिएको बताइएको छ ।
सो विद्यालयमा विद्यालय स्वास्थ्य स्वयमसेवकमा अन्जना राई, नगर अनुदानमा पुष्पा कार्की र नीजि श्रोतबाट सुजता राईको गरेर एक-एक जनाको मात्र निवेदन परेको भन्दै उनीहरुलाई नै नियुक्ति दिइएको छ ।
मङ्सिर २० गते ७ दिने सुचना निकालेर सुचना बोर्डमा राखी वडा कार्यालय र नगर शिक्षा शाखामा जानकारी गराई २७ गते परिक्षा गरिएको र प्रत्येक विधामा एक – एक जनाको मात्र आबेदन आएको बिद्यालय पक्षबाट बताइ रहदा स्थानीय एक शिक्षित युवा भने हास्दै भन्छन “बेरोजगारिताको सिकार बन्दै युवापुस्ता लामबद्द रुपमा बिदेश पलाएन भैरहेको यो अवस्थामा प्रत्यक विधामा एक-एक जनाको मात्र आबेदन पर्नु भनेको “देउमाइ नगरपालिका लगाएत इलाम जिल्ला नै बेरोजगार मुक्त जिल्ला घोषणा भैसकेको हुनपर्यो; यदि हैन भने बिद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थपान समितिका अध्यक्षले आफु खुशी गुपचुप शिक्षक नियुक्ति गरेको प्रस्ट हुन्छ । ”
नियुक्ति प्रक्रिया बिबादित भैरहदा हाल सम्म पनि वडा कार्यालय र नगर शिक्षाबाट कुनै पनि औपचारिक अभिव्यक्ति नआउनुले पनि स्थानीयको भनाइलाई पुस्टि गर्न थप मद्दत गरिरहेको छ ।

प्रतिक्रिया