चितवनमा प्रधानमन्त्री बालेनको पुत्ला दहन, प्रदर्शनमा क्रान्तिकारीका अध्यक्ष कार्की घाइते
शिक्षाखबर डेस्क
२६ असार २०८३, शुक्रबार
no immg

चितवन \ गणेश नेपाली मृत्यु प्रकरणका बिषयमा आज चितवनका बिद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रधानमन्त्री बालेनको पुत्ला दहन गरेका हुन् सो प्रदर्शनका क्रममा अखिल क्रान्तिकारी चितवनका अध्यक्ष सुशील कार्की घाइते भएका छ्न ।

बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको शुक्रबार बिहान मृत्यु भएको छ। उपचारका क्रममा वीर अस्पतालमा उनको मृत्यु भएको हो।

बालेन सरकारले राज्य आतंक चलाएर आत्मदाह गर्न बाध्य तुल्याएको हुदा यो आत्महत्या नभई हत्या भएको आरोप लगाउदै आज साझ भरतपुरको चौबिसकोठी चोकमा राज्य आतंक बन्द गर,हत्यारा सरकार मुर्दाबाद ,सुकुम्बासीलाई न्याय दे,नेपाल प्रहरी जिन्दाबाद-बालेना प्रहरी मुर्दाबाद जस्ता नारा लगाउदै नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघ र नेपाली कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा सरकार बिरुद्द प्रदर्शन गरेका हुन् । सोहि प्रदर्शनका क्रममा अध्यक्ष कार्की चोट लागि घाइते भइ मनकामना अस्पताल चितवनमा उपचार गरिएको र अवस्था चिन्ताजनक नभएको जानकारी नेबी संघ चितवनका अध्यक्ष प्रकास भण्डारीले गराउनु भएको छ ।

प्रतिक्रिया