इलाम / कुइभिर सामुदायिक सिकाइ केन्द्र, देउमाइ १, चमैता इलामले शैक्षिकसत्र २०८२ मा कक्षा ८ को बार्षिक परीक्षा र १० को बार्षिक परीक्षा SEE मा साबिक चमैतामा रहेका विद्यालयहरुमध्ये उत्कृष्ट एक /एक जनालाइ सम्मान गरेको छ ।
सम्गमान गर्ने कार्यक्रम अन्तर्गत डम्बर देवी मा.बि कि छात्रा अनिशा बस्नेत कक्षा ८ मा ४.०० जिपिए प्राप्त गरि चमैता एबम देउमाइ नगर प्रथम र अल्फा बस्नेत कक्षा १० लाई सम्मान गरेको छ । साथै ११ वटा बालबिकास केन्द्रका बालबालिकालाई सिकाइ सामाग्री समेत बितरण गरेको छ ।

कुइभिर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष प्रकाश राइको अध्यक्षतामा संचालित कार्यक्रम वडाध्यक्ष मिनराज श्रेष्ठको प्रमुख आथित्यमा सन्चालन भएको थियो ।
संवाददाता अंकित बराइली






