सरस्वती माविका प्रधानाध्यापक तामाङ जिम्मेवारीबाट अलग
शिक्षाखबर डेस्क
२८ असार २०८३, आईतवार
no immg

इलाम / इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज तामाङलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाइएको छ । विद्यालय व्यवस्थापन समितिको हिजो बसेको बैठकले तामाङको आर्थिक तथा प्रशासनिक कार्यसम्पादन सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै उनलाई प्रधानाध्यापक पदको जिम्मेवारीबाट अलग गर्ने निर्णय गरेको विद्यालय स्रोतले जनाएको छ ।

समितिको निर्णयअनुसार विद्यालयको नयाँ प्रधानाध्यापकमा अजयकुमार सेढाईं नियुक्त भएका छन्। सेढाईंले तत्काल देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिले विद्यालयको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ। यद्यपि, हटाइएका प्रधानाध्यापक तामाङको यस विषयमा आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।
संवाददाता अंकित बराइली

प्रतिक्रिया