चितवन, भरतपुर । चितवनको भरतपुर विमानस्थलमा आज संयुक्त विद्यार्थी संगठनले शिक्षामन्त्री सस्मित पोखरेल विरुद्ध कालो झण्डा प्रदर्शन गरेका छन्। मन्त्री पोखरेल भरतपुरबाट काठमाडौँ फर्किने क्रममा विमानस्थलको बाहिरै विद्यार्थीहरूले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन्।


शिक्षा क्षेत्रमा लगाइएको कर लगायतका विभिन्न करहरू तत्काल खारेज गर्नुपर्ने माग राख्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। सो क्रममा प्रदर्शनकारीहरूले “शिक्षामन्त्री मुर्दावाद” भन्दै चर्को नाराबाजी गरेका थिए शिक्षा जस्तो मौलिक अधिकारको विषयमा कर थोपरिएको भन्दै विद्यार्थीहरूले आक्रोश व्यक्त गरेका छन्। मन्त्री विमानस्थल भित्र प्रवेश गर्ने समयमा भएको यो अवरोध र नाराबाजीले केही समय त्यहाँको वातावरण तनावपूर्ण बनेको थियो। विद्यार्थी संगठनहरूले सरकारले शिक्षामा लगाएको कर फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। 









