काठमाडौँ विश्वविद्यालयको उपकुलपति चयन प्रक्रिया: ३५ उम्मेदवारको दरखास्त स्वीकृत, प्रक्रिया अघि बढाइयो
शिक्षाखबर डेस्क
३ दिन अगाडि
no immg

काठमाडौँ /  काठमाडौँ विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये योग्यता पुगेका ३५ जना उम्मेदवारहरूको दरखास्त सिफारिस समितिले स्वीकृत गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा तथा खेलकुद मन्त्रालय) द्वारा जारी आधिकारिक सूचनाअनुसार “काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३” बमोजिम सिफारिस समितिको मिति २०८३ साउन ४ गतेको निर्णयानुसार आवेदकहरूको सूची स्वीकृत गरिएको हो। विश्वविद्यालयको नेतृत्व सम्हाल्नका लागि प्राध्यापन, शैक्षिक प्रशासन र अनुसन्धानका क्षेत्रमा क्रियाशील वरिष्ठ प्राध्यापक तथा विज्ञहरूले प्रतिस्पर्धामा भाग लिएका छन्।

स्वीकृत दरखास्त सूचीमा सुबोध शर्मा, रोजी श्रेष्ठ, शेषानन्द सञ्जेल, एकराज ओझा, राजेन्द्र ज्ञवाली, बालचन्द्र लुइँटेल, मनिष पोखरेल, प्रचण्डमान प्रधान, ऋषिकेश पाण्डे, समिर खरेल, सुनिलकुमार जोशी, र निरञ्जन पराजुली रहेका छन्। यसैगरी सागरराज शर्मा, कन्हैया झा, माधव लम्साल, धिरज गिरी, वेदमणि दाहाल, दयाराम पोखरेल, रविन्द्रप्रसाद कायस्थ, हरिप्रसाद न्यौपाने, ध्रुवप्रसाद गौचन, सञ्जयनाथ खनाल, भुपालगोविन्द श्रेष्ठ, रविन्द्र विष्ट, विकास नकर्मी, राजेन्द्र जोशी, विमप्रसाद श्रेष्ठ, अच्युतप्रसाद वाग्ले, बिराजसिंह थापा, विवेक बराल, लोचन रिजाल, रिजनभक्त कायस्थ, जनार्दन लामिछाने, बालकृष्ण बल, र रामकृष्ण रेग्मीको दरखास्त स्वीकृत भएको छ।

उपकुलपति छनोट तथा सिफारिस समितिले स्वीकृत सूचीमा परेका उम्मेदवारहरूको कार्यविधि अनुसार व्यावसायिक कार्ययोजना (Business Plan), सोचपत्र (Vision Paper) को मूल्याङ्कन तथा प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा अन्तिम नाम सिफारिस गर्नेछ। समितिले उत्कृष्ट ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नेछ, जसमध्येबाट एक जनालाई काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपतिमा नियुक्त गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै