प्राकृतिक विपद्को पूर्वसूचना र उद्धारमा गुगलको एआई क्रान्ति: संयुक्त राष्ट्रसङ्घको राष्ट्रसङ्घीय प्रतिवेदन सार्वजनिक
शिक्षाखबर डेस्क
८ घण्टा अगाडि
no immg

काठमाडौँ  / विश्वभर तीव्र रूपमा बढिरहेको जलवायु परिवर्तन र प्राकृतिक विपद्को क्षति न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घ (UN) ले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगसम्बन्धी नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसङ्घको “लेभरेजिङ एआई टु एन्हान्स मल्टि-ह्याजार्ड अर्ली वार्निङ सिस्टम्स” शीर्षकको प्रतिवेदनले जोखिममा रहेका समुदायहरूलाई समयमै पूर्वसूचना दिई सुरक्षित राख्न आधुनिक प्रविधिको भूमिका निर्णायक हुने औँल्याएको छ। गुगलले कोप-२७ (COP27) सम्मेलनदेखि नै संयुक्त राष्ट्रसङ्घको ‘अर्ली वार्निङ फर अल’ अभियानमा सक्रिय सहभागी भई प्राविधिक सहयोग पुर्‍याउँदै आएको छ। पछिल्लो एक दशकमा गुगलले विपद् पूर्वअनुमान, तत्काल चेतावनी प्रणाली (Real-time Alerting) र विपद्पछिको उद्धार तथा राहत व्यवस्थापनमा एआईमा आधारित उच्च प्रविधिहरू विकास गरी विश्वका अर्बौँ मानिसहरूसम्म जीवनरक्षक सूचना पुर्‍याउँदै आएको छ

बाढी, हुरीबतास र डढेलो जस्ता विपद्को पूर्वअनुमानका लागि गुगलले अत्याधुनिक मोडलहरू प्रयोगमा ल्याएको छ। सन् २०२५ को क्यारिबियन आँधी चक्रका क्रममा अमेरिकाको नेसनल हरिकेन सेन्टरले गुगलको ‘वेदरनेक्स्ट’ (WeatherNext) मोडल प्रयोग गरी जमैकामा ठोक्किएको विनाशकारी ‘मेलिसा’ आँधीको ५ दिन अगावै सटीक पूर्वअनुमान गरेको थियो। त्यसैगरी नाइजेरियामा संयुक्त राष्ट्रसङ्घीय निकाय ओचा (UN OCHA) र गैरसरकारी संस्था ‘गिभडाइरेक्टली’ ले गुगलको नदी बाढी पूर्वअनुमान प्रणाली प्रयोग गरी बाढी आउनु अघि नै स्थानीयलाई स्थानान्तरण र आर्थिक सहायता वितरण गरेका थिए। हाल गुगलको ‘फ्लड हब’ (Flood Hub) ले १५० भन्दा बढी देशका २ अर्ब मानिसलाई बाढीको पूर्वसूचना प्रदान गर्दै आएको छ। डढेलो नियन्त्रणका लागि गुगलले ३४ देशमा सेटलाइटमार्फत निगरानी गरिरहेको छ भने हालै क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट तीन वटा ‘फायरस्याट’ (FireSat) उपग्रहहरू प्रक्षेपण गरी डढेलोको तत्काल पहिचान गर्ने प्रणाली थप सुदृढ बनाएको छ

विपद्को समयमा सर्वसाधारणलाई तत्काल जीवनरक्षक सूचना र चेतावनी पठाउन गुगलले विश्वका ९० भन्दा बढी देशका सरकारी निकायहरूसँग सहकार्य गर्दै ‘पब्लिक अलर्ट्स’ र एन्ड्रोइड भूकम्प चेतावनी प्रणाली सञ्चालन गरिरहेको छ। सन् २०२५ मा मात्रै गुगलले दैनिक औसत १ करोड भन्दा बढी पटक मानिसहरूलाई आपत्कालीन विपद् सूचनाहरूसँग जोडेको थियो। हालै भेनेजुएलामा गएको विनाशकारी भूकम्पका क्रममा गुगलको एन्ड्रोइड अर्थक्वेक अलर्टिङ सिस्टमले लाखौँ प्रयोगकर्ताहरूलाई भूकम्पको धक्का पुग्नुभन्दा केही सेकेन्डअघि नै चेतावनी पठाई ज्यान जोगाउन मद्दत गरेको थियो। यसका साथै, विपद्पछिको उद्धार र क्षति मूल्याङ्कनका लागि गुगलले संयुक्त राष्ट्रसङ्घीय भूउपग्रह केन्द्र (UNOSAT) सँग मिलेर ‘दिशा’ (DISHA) नामक एआई मोडल विकास गरेको छ, जसले सेटलाइट तस्बिरका आधारमा लाखौँ भवनहरूको क्षतिको मिनेटभरमै सटीक विश्लेषण गरी उद्धार टोली र सहायता सामग्री द्रुत गतिमा खटाउन ठूलो मद्दत पुर्‍याउँदै आएको छ

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै