नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको नयाँ फार्म मूल्य निर्धारण: साउन ६ गतेदेखि लागु हुने, उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपियाँ
शिक्षाखबर डेस्क
४ घण्टा अगाडि
no immg

चितवन /  नेपाल लेयर्स कुखुरापालक सङ्घले देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीहरूको राय, परामर्श र सिफारिसका आधारमा अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। वि.सं. २०८३ साउन ५ गते चितवनमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकको निर्णयानुसार साउन ६ गतेदेखि लागु हुने गरी चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तोकिएको हो। सङ्घका सचिव मदन पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार अण्डाको उत्पादन लागत, बजारको अवस्था र किसानको हितलाई ध्यानमा राखेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो।

सङ्घले तोकेको नयाँ समर्थन मूल्यअनुसार एक्सएल (XL) अण्डाको फार्म मूल्य प्रति क्रेट (३० वटा) रु ५१५ कायम गरिएको छ। यसैगरी ठुलो अण्डाको मूल्य प्रति क्रेट रु ५०० र मिडियम अण्डाको मूल्य प्रति क्रेट रु ४७० निर्धारण गरिएको छ भने सानो अण्डाको मूल्य प्रति पेटी रु २ हजार ९०० तोकिएको छ। फार्म मूल्य समायोजन गरिए पनि सर्वसाधारण उपभोक्ताका लागि भने खुद्रा मूल्य प्रतिगोटा रु २५ नै यथावत् कायम रहने गरी कारोबार गर्न सङ्घले देशभरका व्यवसायी तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै