त्रिविको ६७ औँ वार्षिक दिवसमा शिक्षा मन्त्री सस्मित पोखरेल विरुद्ध नाराबाजी, स्ववियु सचिव बुढासहित विद्यार्थी पक्राउ
शिक्षाखबर डेस्क
१ घण्टा अगाडि
no immg

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन पुग्नुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शन तथा नाराबाजी गरेका छन्। बिहीबार त्रिवि केन्द्रीय परिसर कीर्तिपुरमा आयोजित औपचारिक वार्षिक कार्यक्रममा मन्त्री पोखरेल पुगेलगत्तै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का प्रतिनिधि तथा आम विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध जनाएका हुन्।

स्ववियु अध्यक्ष दिपक जोशीका अनुसार विश्वविद्यालयको सर्वोच्च निकाय सिनेट (सभा) को बैठक अविलम्ब आह्वान गर्न मन्त्री पोखरेललाई आग्रह गर्ने उद्देश्यले विद्यार्थीहरूले भेट्न खोजेका थिए। तर, विश्वविद्यालयको वार्षिक कार्यक्रममा आम विद्यार्थीको सहभागितामा रोक लगाउँदै उनीहरूलाई पक्राउ गरिएको अध्यक्ष जोशीले बताउनुभयो। प्रदर्शनका क्रममा प्रहरीले स्ववियु सचिव हिक्मत बुढा लगायतका विद्यार्थी नेताहरूलाई नियन्त्रणमा लिएको छ। कार्यक्रम स्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनापछि परिसरमा केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर