कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण: गोलभेँडा ठूलो ५० र रायोसाग २०० रुपियाँ
शिक्षाखबर डेस्क
१ घण्टा अगाडि
no immg

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन ८ गते शुक्रबारका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपियाँ, गोलभेँडा सानो (लोकल) २० रुपियाँ, गोलभेँडा सानो (टनेल) ३९ रुपियाँ, आलु रातो (लाम्चो) ४८ रुपियाँ, आलु रातो (गोलो) ४७ रुपियाँ, आलु रातो (मुढे) ४८ रुपियाँ, आलु रातो (भारतीय) ३५ रुपियाँ, आलु सेतो ३५ रुपियाँ, र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५७ रुपियाँ कायम भएको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ११० रुपियाँ, गाजर (तराई) ९० रुपियाँ, बन्दा (लोकल) ३० रुपियाँ, काउली स्थानीय १०० रुपियाँ, सेतो मूला (हाइब्रिड) २५ देखि ३० रुपियाँ, भन्टा लाम्चो ५० रुपियाँ, र भन्टा डल्लो प्रतिकिलो ६० रुपियाँ तोकिएको छ। सिमी तथा फर्सीजन्य तरकारीतर्फ बोडी तने प्रतिकिलो १२० रुपियाँ, मकै बोडी ७० रुपियाँ, घिउ सिमी (लोकल र हाइब्रिड) १३० रुपियाँ, टाटे सिमी ९० रुपियाँ, भटमास कोसा १०० रुपियाँ, तीते करेला ७० रुपियाँ, लौका ७० रुपियाँ, परवर (लोकल र तराई) ६० रुपियाँ, चिचिण्डो ४० रुपियाँ, घिरौँला १०० रुपियाँ, झिगुनी ८० रुपियाँ, फर्सी पाकेको ६० रुपियाँ, हरियो फर्सी (डल्लो) ७० रुपियाँ, भिन्डी ८० रुपियाँ, पिँडालु १०० रुपियाँ, र इस्कुस प्रतिकिलो ६० रुपियाँमा बिक्री भइरहेको छ।

सागपात र च्याउको मूल्य हेर्दा रायोसाग प्रतिकिलो २०० रुपियाँ, पालुङ्गो १२० रुपियाँ, तोरीको साग १२० रुपियाँ, प्याज (हरियो) १०० रुपियाँ, च्याउ (कन्य) २८० रुपियाँ, च्याउ (डल्ले) ४५० रुपियाँ, राजा च्याउ ३२० रुपियाँ, र सिताके च्याउ प्रतिकिलो १,००० रुपियाँ निर्धारण गरिएको छ। यस्तै, कुरिलो प्रतिकिलो ४०० रुपियाँ, निगुरो १०० रुपियाँ, ब्रोकाउली १२० रुपियाँ, चुकन्दर ७० रुपियाँ, रातो बन्दा ४० रुपियाँ, जिरीको साग १०० रुपियाँ, सेलरी २०० रुपियाँ, पार्सले ५०० रुपियाँ, सौफको साग १२० रुपियाँ, पुदिना ३०० रुपियाँ, गान्टेमूला १२० रुपियाँ, इमली १८० रुपियाँ, तामा १६० रुपियाँ, तोफु १६० रुपियाँ, र गुन्द्रुक प्रतिकिलो ३५० रुपियाँ कायम भएको छ।

फलफूल तथा मसलाजन्य वस्तुतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपियाँ, केरा (नेपाली) दर्जनको ३०० रुपियाँ, केरा (मालभोग) २०० रुपियाँ, कागती २२० रुपियाँ, अनार ५०० रुपियाँ, आँप (मालदह र दशहरी) १८० रुपियाँ, तरबुजा (हरियो) ७० रुपियाँ, जुनार ३०० रुपियाँ, भुइँकटहर प्रतिगोटा २०० रुपियाँ, काँक्रो (लोकल) ७० रुपियाँ, काँक्रो (हाइब्रिड) २५ रुपियाँ, काँक्रो (लोकलक्रस) ६० रुपियाँ, रूखकटहर ५० रुपियाँ, नास्पाती (लोकल) १२० रुपियाँ, मेवा (नेपाली) ९० रुपियाँ, मेवा (भारतीय) १२० रुपियाँ, नरिवल (काँचो) ८० रुपियाँ, र नरिवल (हरियो) १७० रुपियाँ तोकिएको छ।

अदुवा प्रतिकिलो २३० रुपियाँ, सुकेको खुर्सानी ५०० रुपियाँ, खुर्सानी हरियो (लाम्चो) ६० रुपियाँ, खुर्सानी हरियो (बुलेट) ५० रुपियाँ, खुर्सानी हरियो (माछे) ७० रुपियाँ, खुर्सानी हरियो (अकबरे) २५० रुपियाँ, भेडे खुर्सानी ७० रुपियाँ, लसुन हरियो १२० रुपियाँ, हरियो धनियाँ ३०० रुपियाँ, लसुन सुकेको (चाइनिज) २४० रुपियाँ, लसुन सुकेको (नेपाली) २०० रुपियाँ, छ्यापी सुकेको २०० रुपियाँ, माछा सुकेको १,००० रुपियाँ, ताजा माछा (रहु) ३४० रुपियाँ, ताजा माछा (बचुवा र छडी) प्रतिकिलो ३०० रुपियाँ निर्धारण गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर