पोखरा । गण्डकी प्रदेशभित्रका पशुचौपायाहरूलाई सरुवा तथा घातक रोगहरूबाट जोगाउन प्रदेशका सबै ८५ वटै स्थानीय तहहरूमा व्यापकरूपमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार गाईभैँसीमा लाग्ने खोरेत, भ्यागुते र चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा लाग्ने पिपिआर (PPR) तथा कुकुरहरूमा लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान निरन्तर सञ्चालन भइरहेको छ। गत आर्थिक वर्षमा प्रदेशभर विभिन्न रोगविरुद्ध कुल १८ लाख ९८ हजार तीन सय ९६ डोज खोप पशुपालक कृषकहरूकै घरदैलोमा पुगेर लगाइएको मन्त्रालयले जनाएको छ।
खोपको निरन्तरता र दिगोपन सुनिश्चित गर्न चालु आर्थिक वर्षमा गण्डकीका १० वटा स्थानीय तहहरूलाई ‘पशुमा पूर्ण खोपयुक्त पालिका’ घोषणा गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयकी वरिष्ठ पशु विकास अधिकृत डा.






