शुक्रबार निजी तथा संस्थागत विद्यालय बन्द रहने: एन. प्याब्सन, प्याब्सन, एम. प्याब्सन र हिसानको संयुक्त निर्णय
शिक्षाखबर डेस्क
१४ श्रावण २०८३, बिहीबार
no immg

जनकपुरधाम । सुनसरीसहित देशका विभिन्न जिल्लाहरूमा पछिल्ला दिनहरूमा घटेका घटना र त्यसले सिर्जना गरेको तनावपूर्ण परिस्थितिका कारण विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै धनुषाका सम्पूर्ण निजी तथा संस्थागत शैक्षिक संस्थाहरू साउन १५ गते शुक्रबारका दिन बन्द रहने भएका छन्। एन. प्याभसन, प्याभसन, एम. प्याभसन र हिसान धनुषाले संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न सङ्घ-संगठनहरूले बजार बन्दको आह्वान गरेकाले बालबालिकाहरूलाई विद्यालय तथा क्याम्पस आवतजावतमा कठिनाइ हुने अवस्थालाई ध्यानमा राखी शुक्रबारका लागि पठनपाठन स्थगित गरिएको जनाएका छन्।

चारवटै शैक्षिक सङ्गठनका अध्यक्षहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र सरकारलाई अविलम्ब सम्बन्धित पक्षहरूसँग संवादको वातावरण बनाएर आपसी सद्भाव तथा शान्तिपूर्ण समाधान खोज्न हार्दिक अपिल गरिएको छ। विद्यार्थीहरूलाई विद्यालयबाट घर फर्किने क्रममा सहज आवागमनको वातावरण मिलाइदिन समेत सरोकारवाला पक्षहरूसँग अनुरोध गरिएको छ। साउन १५ गते शुक्रबारको स्थगनपछि साउन १८ गते सोमबारदेखि भने सम्पूर्ण विद्यालय तथा क्याम्पसहरू यथावत् समयमा पुनः सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित खबर