मधेशका ११ केन्द्रमा त्रिविको एमबीएस दोस्रो सत्रको परीक्षा स्थगित: नयाँ मिति पछि तोकिने
शिक्षाखबर डेस्क
१५ श्रावण २०८३, शुक्रबार
no immg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) दोस्रो सत्रको पूर्वनिर्धारित परीक्षा स्थगित भएको छ। मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा उत्पन्न अशान्त र असहज परिस्थितिलाई ध्यानमा राख्दै त्रिवि व्यवस्थापन संकाय, डीनको कार्यालयले मधेशका ११ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन हुन लागेको ‘MKT 511: Marketing Management’ विषयको परीक्षा विशेष कारणवश स्थगित गरेको हो। कार्यालयले एक आधिकारिक सूचना जारी गर्दै स्थगित परीक्षाको नयाँ मिति पछि सार्वजनिक गरिने र उक्त विषयबाहेक अन्य विषयका परीक्षाहरू भने पूर्वनिर्धारित तालिकाअनुसार नै यथावत् सञ्चालन हुने स्पष्ट पारेको छ।

त्रिविका अनुसार जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, मलंगवाको सर्लाही क्याम्पस, लालबन्दीको जनज्योति बहुमुखी क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पस, र लहानको जेएस मुरारका बहुमुखी क्याम्पसका परीक्षा स्थगित गरिएका छन्। यसैगरी, सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस र नेशनल पिपुल कलेज कञ्चनपुर, रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर र गौरीशंकर यादव रौतहट क्याम्पस गौर, बाराको सिमरा कलेज, तथा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस केन्द्रका परीक्षाहरू पनि स्थगित भएका छन्। व्यवस्थापन संकायले सम्बन्धित सबै विद्यार्थी तथा परीक्षा केन्द्रहरूलाई सूचनाबारे अवगत भई सोहीअनुसार तयारी गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर