२५ वैशाख, काठमाडाैँ । अष्ट्रेलियाका शैक्षिक प्रावधानहरूबारे नेपालका एजुकेशन कन्सल्टेन्सीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियामा प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गरिरहेको रोयल ग्रीनहिल इन्स्टिच्युट अफ टेक्नोलोजी (आरजीआईटी) अष्ट्रेलियाले शुक्रबार काठमाडाैको मेरियट होटलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा विशेषतः काठमाडाैँ उपत्यकाका ५० वटा एजुकेशन कन्सल्टेन्सीकहरूको सहभागित रहेको थियो ।
अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि अति नै महत्वूर्ण जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा एजुकेशन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)का अध्यक्ष प्रकाश पाण्डे, फ्रि एजुकेशन कन्सल्टेन्सिज अर्गनाइजेशन नेपाल (फेकन)का सचिव उमेश कुशवाह र एसोसियसन अफ तामाङ एजुकेशनल कन्सल्ट्यान्टस् नेपालका अध्यक्ष केडी मोक्तानको उपस्थिति रहेको थियो । उनीहरूलाइ आरजीआईटीका अध्यक्ष चन्द्र योञ्जनले सम्मान गरेका थिए ।
संस्थाका अध्यक्ष चन्द्र योञ्जनले नेपालबाट सुनौलो सपना साँचेर अष्ट्रेलिया जाने विद्यार्थीहरूले दुःख नपाउन् भनेर शिक्षित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन् ।
अन्तरक्रियात्मक कार्यक्रममा नेपाली एजुकेशन कन्सल्टेन्सीका प्रतिनिधिहरूले प्रश्न सोध्ने र अध्यक्ष चन्द्र योञ्जन तथा प्रबन्ध निर्देशक रवि योञ्जनले ती प्रश्नहरूको बारेमा प्रष्ट पारेका थिए।
यो संस्था सन् २००८ मा अष्ट्रेलियामा स्थापना भएको हो । अहिले यस शैक्षिक संस्थाका होबार्ट र मेलबर्नमा गरी तीन वटा शैक्षिक भवनहरू रहेका छन् । अष्ट्रेलियामा यस संस्थाले विभिन्न २६ विषय अध्यापन गराइरहेको छ ।
यस्तै, आरजीआईटी अन्तर्गत कै अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया (युआईए)ले व्यवसायीक क्षेत्रका विभिन्न विषयमा अध्यापन गराइरहेको छ।