ड्रागन खेतीबाट मनग्ये आम्दानी
शिक्षाखबर डेस्क
११ असार २०७९, शनिबार
no immg

११ असार, दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को मैरवा गाउँमा गरिएको ड्रागनखेती देखेपछि सबै दङ्ग पर्छन्, अनि यो केको खेती हो कसले गरेको हो भनी सोध्ने धेरै हुन्छन् ।

सोखेती गरेको ठाउँ तुलसीपुर घोराही सडकखण्डको छेउमा पर्ने भएकाले तुलसीपुरबाट घोराही या जिल्लामा लामो तथा छोटो दूरीका यातायात साधनबाट यात्रा गर्ने हुनु वा निजी मोटर कार तथा मोटरसाइकल चढ्ने हुन सबैले त्यो खेती देखेर अचम्म पर्ने गरेका छन् । केही मोटर रोकेर त्यो खेतीको अवलोकन गर्छन् ।

त्यस्तै पैदलयात्रुदेखि जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि तथा बाहिरबाट आउने उच्च ओहोदाका व्यक्तिदेखि सर्वसाधारण सबैले सोध्ने तथा अवलोकन गर्ने गरेको पाइन्छ । वर्षौंदेखि खाली तथा उजाड रहेको त्यो ठाउँलाई अहिले हरियालीमा परिणत गरी जिल्लामा नै पहिलोपटक ड्रागन फलको खेती गर्ने सफल भएको छन्, पूर्वमन्त्री लोकेन्द्र विष्ट । ५७ वर्षीय उहाँ विगत चार वर्षदेखि कृषि पेशामा रमाइरहेका छन् ।

कुनैबेला बन्दुक बोक्ने उहाँका हातले अहिले कुटो, कोदालो बोक्ने गरेका छन् । तत्कालीन नेकपा माओवादी रहेका विष्टको राजनीतिक यात्रा चारदशकपछि बिराम भएको छ । पार्टीमा नेतारुपमा परिचित विष्ट सांसद हुँदै दुईपटक मन्त्रीसमेत बनिसकेका छन् । तर अहिले उनले यहाँको ५६ कट्ठा जमिन भाडामा लिएर ड्रागन फलको खेती गरेका छन् ।

उनले सेतो र रातो जातका सात हजार बिरुवा लगाएका छन् । अहिले ती बिरुवा निकै फस्टाएका छन् । फूल फुलेका छन् । अब साउनदेखि फल दिने उनी बताउँछन् ।

प्रतिक्रिया