२७ असार, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ८३४ जनाको पिसिआर परीक्षण गर्दा १२९ र एक हजार १८६ जनाको एन्टिजेन परीक्षणमा ३९ जना गरी १६८ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएसँगै नेपालमा संक्रमितको संख्या ७७० पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ जना संक्रमण मुक्त भएका छन्। आज कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन।