३ साउन, काठमाडाैँ । नेपालमा कोरोनाको सङ्क्रमणदर बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्कमित थपिएका जनाएको छन् ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार तीन हजार ३५७ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३५७ जनामा कोरोना पुष्टि भएको हो ।
जसमा एक हजार ८५७ जनाको आरटी पीसीआर गर्दा २६८ जनामा र एक हजार पाँच सय जनाको एन्टिजेन परिक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएकोे हो ।
परीक्षण गरिएका मध्ये १०.६३ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी ११९ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, भक्तपुरमा पाँच र ललितपुरमा ३० जना सङ्क्रमित छन् ।